काठमाण्डौ, कात्तिक १७ : नेपाल सरकार मन्त्रिपरिषद्ले वरिष्ठ चार्टर्ड एकाउन्टेन्टस् टङ्कप्रसाद पनेरूलाई नेपाल स्टक एक्सचेन्ज लिको अध्यक्ष पदमा नियुक्त गरेको छ ।
काठमाण्डौ, कात्तिक १७ : नेपाल सरकार मन्त्रिपरिषद्ले वरिष्ठ चार्टर्ड एकाउन्टेन्टस् टङ्कप्रसाद पनेरूलाई नेपाल स्टक एक्सचेन्ज लिको अध्यक्ष पदमा नियुक्त गरेको छ ।
धरान, कात्तिक १७ : धरानवासीले धरानमा रङ्गशाला निर्माणका लागि नेपाल सरकारलाई दबाब दिन एसएमएस आन्दोलन सुरु गरेका छन् । धरानमा पत्रकार सम्मेलनको आयोजना गरी सोमबार धरानमा पूर्वाञ्चल क्षेत्रीय रङ्गशाला स्थापनाका लागि पहल समितिमार्फत आन्दोलन सुरु गरिएको हो ।
काठमाडौं, कात्तिक १२: राजधानीमा जारी एएफसी अण्डर नाइन्टिन फुटबल प्रतियोगितामा नेपाल आज आफ्नो तेस्रो खेलमा ताजकिस्तानसग भिड्दै छ । ताजकिस्तान प्रतियोगिताको सवैभन्दा शक्तिशाली टिम मानिन्छ । खेल दशरथ रंगशालामा दिउँसो साढे दुई बजे पछि सुरु हुनेछ ।
काठमाडौँ, कात्तिक,१० । भियतनामको हो ची मिन्ह सिटीमा बुधबारदेखि आयोजना हुने तेस्रो एसियन इन्डोर खेलकुद प्रतियोगितामा नेपालका १८ खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।प्रतियोगिताको उद्घाटन समारोह ११ गते बुधबार अपराहृन हुनेछ भने कात्तिक २२ गते समापन समारोह हुनेछ । प्रतियोगितामा पाँच खेलका नेपालका चार महिला खेलाडीसहित १८ जनाको सहभागिता रहनेछ ।
काठमाडौं, कातिक १० : प्रत्येक पाँच वर्षमा नवीकरण हुने यस सन्धिमा नेपाल र भारतका वाणिज्य मन्त्रीहरूले हस्ताक्षर गर्नेछन् । नेपालको व्यापार प्रवर्द्धन र भारतसँगको व्यापार घाटा न्यून गर्न सहयोग पुग्ने गरी पुनरावलोकनसहित नवीकरण हुन लागेको हो ।