काठमाडौं, भदौ २४ (नागरिक)- संसदको अर्थ तथा औद्योगिक सम्बन्ध समितिको मंगलबारको बैठकमा अर्थमन्त्री पाण्डेले वित्तिय संस्थाका प्रमुख कार्यका तलव सुविधाका विषयमा सरकारले नियम बनाउन लागेको बताएका छन्।
काठमाडौं, भदौ २३ : सिहदरबारमा बसिरहेको ब्यवस्थापिका संसदको सार्वजानिक लेखा समितिको बैठकमा चितवन राष्ट्रिय निकुञ्ज भित्रका होटल सञ्चालन विवादबारे अध्ययन गर्न गठत उपसमितिले होटलको स्थलगत अध्ययनपछि तयार गरेको प्रतिवेदन बुझाउँदैछ।
काठमाडौं, २२ भदौ : ब्राजिलले आफ्ना खतरनाक प्रतिद्धन्दी अर्जेन्तिनालाई ३-१ ले पराजित गर्दै २०१० मा दक्षिण अफ्रिकामाहुने बिश्व कपका लागी छनौट भएको छ। मराडोनाले प्रशिक्षण दि राखेको अर्जेन्तिनाई टोलीले शुरुमा निक्कै राम्रो खेल प्रदर्शन गरेको थियो तर खेलको २४ औं मिनेटमा लुइजावोको टाउकोले हिर्काएको बल गोलमा परिणत भएदेखी ब्राजिल खेलमा हावी भएको थियो।
काठमाडौं, भदौ १९ : नेपाल खेलकुद पत्रकार मञ्चले बुधबार आयोजना गरेको पत्रकारसम्मेलनमा पल्सर वर्षका उत्कृष्ट खेलाडी, २०६५ को चार विधामा मनोनयनमा पर्न सफल पुरुष, महिला, युवा खेलाडी तथा प्रशिक्षकका नाम सार्वजनिक गरिएको छ । मञ्चले यही भदौ २५ गते घोषणा गर्ने सो विधाका नाम सार्वजनिक गरेको हो ।
काठमाडौँ, भदौ १५: नेपाल पौडी सङ्घको आयोजनामा १५औँ खुला राष्ट्रिय पौडी प्रतियोगिता भदौ २४ देखि २६ गतेसम्म सातदोबाटोस्थित पौडी पोखरीमा हुनेभएको छ । यो प्रतियोगिता ११औँ दक्षिण एसियाली खेलकुदलाई ध्यानमा राखी प्रतियोगिता आयोजना गर्न लागेको नेपाल पौडी सङ्घले जनाएको छ ।
काठमाडौँ, भदौ ११: नेपालका पूर्वराष्ट्रिय च्याम्पियन केशव श्रेष्ठलेबङ्गलादेशको ढाकामा सञ्चालन भइरहेको नवौँ ग्रान्ड मास्टर्स बुद्धिचाल प्रतियोगिताको सातौँ चरणमा तेस्रो जित हात पारेका छन् । २१३४ रेटेड केशव श्रेष्ठले बङ्गलादेशका फिडेमास्टर मिनहाजुद्दिन अहमदलाई पाखा लगाउँदै तेस्रो जित हात पारेका हुन् ।