काठमाडौँ, असार, १४ : मिर्गौला रोगबाट पीडित पूर्वभलिबल खेलाडी दिनेश बानियाँको स्वास्थ्योपचारको सहयोगार्थ रकम सङ्कलन गर्ने उद्देश्यले नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घले आयोजना गरेको चार टिम सम्मिलित प्रतियोगितामा स्ट्राइकर जुमानु राईले चार गोल गरेपछि नेपाल पुलिस क्लबले शनिबार नविल थि्रस्टार क्लबलाई ५-१ ले हराएर नेपाटप खेलाडी कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
काठमाडौं, असार १२: मुलुकमा क्रियाशील एक दर्जनभन्दा बढी संघसंस्थाको सक्रियतामा गठन भएको सञ्जालले नागरिक ब्यवसायी सञ्जालले सरकारसँग शान्ति सुरक्षासहित ६ सूत्रीय माग राखेको छ । शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरि सरकारसँग ६ बुदे माग राखेका हुन् ।
काठमाडौं, असार ११: पोखराका अनिल गुरुङ्ग विश्वप्रसिद्ध फुटवल क्लव चेल्सीमा परीक्षण खेल खेल्न बुधबार बेलायत गएका छन् । ६ वर्षकै उमेरमा फुटबल सिक्न थालेका अनिल नेपालका राम्रा र मंहगा खेलाडी पनि हुन ।
काठमाडौं, असार ९ : प्रथम एथलिट इन एक्सन (एआईए) खुला टेनिस प्रतियोगिताको मिश्रित जोडीतर्फ मंगलबार फाइनलमा मालिका राणा/दीपेन्द्र परियार प्रवेश गरेका छन्।
लन्डन, असार ८: टि–२० बिश्वकप क्रिकेट प्रतियोगिताको फाईनल खेलमा पाकिस्तानले श्रीलँकालाई ८ विकेटले पराजित गरेर बिश्वबिजेता भएको छ। शाहिद अफ्रिदीको चमत्कारिक प्रदर्शनको मद्दतले पाकिस्तानले आइतबार श्रीलङ्कालाई आठ विकेटले हराएर विश्वकप ट्वान्टी/ट्वान्टी क्रिकेट प्रतियोगिताको उपाधि जितेको हो ।